यसरी नियन्त्रण भयो नेबिको बिस्कुट कारखानाको आगलागी (तस्बिरहरु)

उपेन्द्र शाही
२३ साउन २०७८ ११:५५
3.1k
Shares

काठमाडौं। काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा लागेको आगो करिब ९ घण्टा पछि नियन्त्रणमा आएको छ। शनिबार बिहान २ बजेदेखि लागेको आगो सुरक्षाक्रमी, स्थानीय र दमकलको संयूक्त प्रयासपछि नियन्त्रणमा आएको हो।

भीषण आगलागी भएकोले नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुर तीनवटा जिल्लाका सुरक्षाक्रमीहरु परिचालन गरिएको थियो। आगो नियन्त्रणमा लिन रानीपोखरी र माछापोखरीको पानी प्रयोग गरिएको थियो। करिब ८ पटक भन्दा धेरै हेलिकप्टरमार्फत पानी आगलागीको भएको भवनमा खसालिएको थियो। यस्तै ठूलो मात्रामा दमकलको प्रयोग पनि भएको थियो।

आगलागीबाट कारखानाको दुईवटा भवनमा धेरै क्षति भएको छ। जसमध्येको एउटा भवन पूर्णरुपमा क्षति भएको छ। आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

आगलागीका लागि संवेदनशील मानिने बिस्कुट कारखानामा आगलागी नियन्त्रणका लागि प्रयाप्त जनशक्ति र स्रोत साधन नहुँदा पनि आगलागि नियन्त्रणमा समय लागेको हो। नियन्त्रणमा खटि रहेका सुरक्षाक्रमीहरुका अनुसार आगलागिको सुरुवाती समयमा नियन्त्रण प्रयास प्रभावकारी नहुँदा त्यसले ठूलो क्षति लिन पुग्यो।

भवनमा बिस्कुटहरु र बिस्कुटका लागि आवश्यक कच्चा पदार्थ ठूलो मात्रामा स्टक थियो। अहिलेसम्म के कति क्षति भयो भन्ने एकिन विवरण आएको छैन। आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यस्तै विजुली सर्ट भएर आगलागीको भएको हुन सक्ने प्राम्भीक अनुमान गरिए पनि आगलागिको एकिन कारण पनि पत्ता लागेको छैन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.