थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ५७३ जनाको परीक्षण गर्दा ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७२२ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७०७ परीक्षण गर्दा ९८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हाल सक्रिय संक्रमित ३५ हजार ४३२ जना रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment