कोल्टो फेर्दै गोलबजार नगरपालिका

डिसी नेपाल
२४ साउन २०७८ १२:०३
84
Shares

लहान। सिरहाको गोलबजार नगरपालिकाले छोटो समयमै विकास पूर्वाधारमा फड्को मारेको छ। बढ्दो अतिक्रमण र अव्यवस्थित बजारका कारण विगतमा कुरुप बन्दै गएका नगरक्षेत्रमा यतिबेला परिवर्तनको आभास हुन थालेको छ।

नगरपालिकाले सडक पूर्वाधारको विकास, बिस्तारसँगै व्यवस्थित बजार निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएपछि नगरक्षेत्रको स्वरुप फेरिन लागेको हो। ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडकलाई कालोपत्र र ढलान गरी सडक पक्की बनाउने योजनालाई नगरपालिकाले प्राथमिकता दिएको छ।

नगरपालिकाले गत आव ०७६÷०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ। सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौँ लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीन समाधानमा ध्यान दिएको छ। आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको गोलबजार नगर प्रमुख देवनाथ साहले जानकारी दिए।

हालसम्म नगरक्षेत्रका करिब २६ किलोमिटर सडकमा कालोपत्र र १४ किमी आरसिसी ढलान सकिएको नगरपालिकाले जनाएको छ। यस्तै नगरपपालिकाको विभिन्न वडाका २०० किमी सडकमा ग्राभेल सकिएको छ।

सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई समेत उच्च प्राथमिकतामा राखेर योजना अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जानकारी दिए। उनले आव ०७७÷०७८ मा मात्र नगरपालिकाले छ किलोमिटर सडकमा नयाँ ट्रयाक खोलिएको छ। यसका साथै नगरक्षेत्रभित्रका प्रमुख पर्यटकीय क्षेत्र कुम्भी खाँडी तालको शिव गुफा निर्माणको कामलाई प्राथमकिता दिएको छ। रासस

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.