धेरै हिउँ पग्लिँदा नेपालमा आँधी, तुफान, भारी वर्षा र बाढीको विपत्ति बढ्दै

डिसी नेपाल
२५ साउन २०७८ १६:४४
2.5k
Shares

काठमाडौं। भारतीय उपमहाद्विपमा पर्ने बंगलादेशदेखि नेपाल, भारत, दक्षिणी चीन हुँदै बंगलादेशसम्मको क्षेत्रमा अहिले तुफानी वर्षा, बाढी र बादल फुटेर भारी वर्षाजस्ता विपत्तिका घटना भइरहेका छन् । ग्लेशियोलोजिस्ट पल मायेव्स्कीका अनुसार आगामी दिनमा यस्ता घटनाहरुको तीब्रता अझै बढ्नेछ । आर्कटिक, अन्टार्कटिक क्षेत्र र सगरमाथासहित हिमालयमा रहेका हिमतालको हिउँ तीब्र रुपमा पग्लिनु यसको कारण भएको उनले बताए ।

पल विश्वका एकमात्र ग्लेशियोलोजिस्ट हुन् जसले पृथ्वीको उत्तरी ध्रुव, दक्षिणी ध्रुव र तेस्रो ध्रुव भनिने हिमालय गरी तीनवटै क्षेत्रको जलवायु परिवर्तनको अध्ययन गरेका छन् । उनी विश्वको सबैभन्दा पुरानो जलवायु परिवर्तनसम्बन्धी अध्ययन संस्थान युनिभर्सिटी अफ मेनका निर्देशक पनि हुन् । भारतीय अखबार दैनिक भास्करसँग कुरा गर्दै ग्लेशियोलोजिस्ट मायेव्स्कीले उत्तरी र दक्षिण ध्रुवमा हिउँ पग्लिँदा त्यसको सीधा असर भारतीय उपमहाद्विपमा पर्ने बताए ।

उनले परम्परागत रुपमा भारतीय उपमहाद्विपमा चिसोपनाको स्रोत दक्षिण र पश्चिमका क्षेत्र रहेको भए पनि पछिल्ला केही वर्ष आर्कटिक पोलबाट पनि चिसोपना यस क्षेत्रसम्म आइरहेको बताए । उत्तरी, दक्षिणी ध्रुव र हिमालयमा जलवायु परिवर्तनको सबैभन्दा धेरै असर परेको उनले बताए । विश्वको तापक्रम १.५ डिग्रीले बढिरहेका बेला यी तीन क्षेत्रमा तापमान ४ डिग्रीले बढेको उनले बताए । तीब्र रुपमा हिउँ पग्लिँदा यसको चिसोपना लिएर हावा हिमालयको उत्तर र दक्षिणतर्फ बग्न लागेको उनले बताए ।

उनका अनुसार यी चिसो हावा तल्लो क्षेत्रमा तातो हावासँग ठोक्किँदा तुफान बन्छ । यही कारण भारतीय उपमहाद्विपमा तुफानी वर्षा र बाढीको आशंका बढेको छ । अर्कोतर्फ जंगल घट्दा वर्षाले जमिनको माटो बगाएर नदीमा भर्ने र सानो वर्षामै बाढी आउने उनले बताए । उनका अनुसार बादल फुट्ने र दिनभरमा हुनुपर्ने वर्षा केही घण्टामै हुने कारण हावामा चिसोपना बढ्नु हो र यो चिसोपना हिउँ पग्लिँदा बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.