एमाले वरिष्ठ नेपाल र गृहमन्त्री खाँणबीच भेटवार्ता : नेपाल समूहलाई सरकारमा सहभागी हुन दबाव

डिसी नेपाल
२७ साउन २०७८ १०:१८
2.3k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्ने तयारी गरिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले एमाले वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका छन्।

पछिल्लो समय नेता नेपाललाई साथ दिएका पूर्वमन्त्री प्रेम आलेको अग्रसरतामा गृहमन्त्री खाँड नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए।

गृहमन्त्री खाँडले नेता नेपाललाई सरकारमा सहाभागी हुन आग्रह गरेको नेपाल निकट सोतले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएको निष्कर्ष निकालेको नेपाल समूह सरकारमा सहभागी हुने तयारीमा छ। नेपाल निकट सांसद मेटमणि चौधरीले एक दुई दिनभित्रै सरकारमा सहाभागी हुने बताएका छन्।

नेपाल समूहलाई  सरकारमा सहभागी गराउन पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय छन्। प्रचण्डले नेता नेपाललाई दैनिक जसो भेट गर्ने गरेका छन्।

केही समय अगाडि पार्टी एकताको प्रयास जारी रहेको भन्दै सरकारमा सहभागी हुने निर्णय गरको नेपाल समूहले अध्यक्ष ओलीले एकता नचाहेको निष्कर्ष निकाल्दै सरकारमा सहभागी हुने तयारी पुगेको हो।

बुधबार विहान गृहमन्त्री खाँडले नेता नेपाललाई छिटो सरकारमा सहभागी हुन आग्रह गरेका थिए। जवाफमा नेता नेपालले आफू निकट नेताहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने बताएका थिए। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ जना सासद सरकारमा सहाभागी हुनुपर्ने पक्षमा छन्।

कांग्रेस र माओवादीले नेपाल समूहका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको बताएका छन्। यद्यपि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्री चयन गर्न सकेको छैन भने प्रधानमन्त्री देउवाको दलभित्र पनि मन्त्री छनोट हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.