तोलामा ६ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ। बिहीबार सुन तोलामा ६ सय रुपैयाँ बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रुपैयाँ कायम छ।
यस्तै बिहीबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment