जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौ । रूपन्देही सम्मरीमाइ गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण् थापाले पुष्टि गरेका छन् ।
‘शुक्लालाई जबरजस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ’, डिएसपी थापाले भने । शुक्ला विहिबार पक्राउ परेका हुन । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी विरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि विहिबार पक्राउ गरिएको थियो ।







डिसी नेपाल








Facebook Comment