अफगानी राष्ट्रपतिले छाडे देश

डिसी नेपाल
३१ साउन २०७८ १९:५६

काठमाडौैं। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन्।

अफगानिस्तानमा तालिबानी लडाकुहरुले राजधानी काबुललाई घेरा हालेका छन्। तालिबानी लडाकुहरुले आइतबार अफगानिस्तानको राजधानी काबुललाई घेरा हालेका हुन् । तर, उनीहरुले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि छलफल भइरहँदा काबुलमा कुनै किसिमको आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन्।

तालिबानले आफ्ना लडाकुहरुलाई कुनै किसिमका हिंसात्मक गतिविधिहरु नगर्न र यदि कसैले काबुल छाडेर जान चाहेको भए उनीहरुलाई सुरक्षित रुपमा जान दिन निर्देशन दिइएको बताएको छ। पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ।

राष्ट्रपति घानीले देश छाडेसँगै अब अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार बनाउने छ। प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ ।स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छोडेको नाम नबताउने सर्तमा दुई वटा स्थानीय समाचार स्रोतलाई उद्धृत गरेको छ।

स्रोतका अनुसार तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन्। उनका साथमा उनका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन।

घानी सरकारका मन्त्रीहरुले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरुले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *