पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा दुवै सवारीसाधन ठोक्किँदा हेटौँडा उपमहानगरपालिका–१० निवासी ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।
हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३२ च ०१४१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटनामा परेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामालाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न पिकअप गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment