देउवासँग प्रचण्ड सशंकित, देउवाले अचानक संसद भंग गरिदिने प्रचण्डलाई चिन्ता

मदन कोइराला
१ भदौ २०७८ १०:१२

काठमाडौं । केही समय अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्ने हुन् कि भन्ने चिन्ता जाहेर गरे।

प्रचण्डले देउवा निकट कांग्रेसका एक जना नेतासँग प्रधानमन्त्रीले कतै कार्यकाल बाँकी रहँदै संसद विघटन गर्ने त होइनन् भन्दै चिन्ता जाहेर गरेका थिए।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक विघटन गरेर पुनस्र्थापित भएको प्रतिनिधि सभालाई त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको समेत विघटन गरिदिने भय यतिबेला प्रचण्डमा बढेको छ । पूरा अवघि संसद चलाउने र त्यसपछि मात्र निर्वाचनमा जाने गठबन्धनको पूर्व सहमति विपरीत देउवा जान सक्छन् भन्ने कुरामा प्रचण्ड किन सशंकित छन् ?

देउवाको बेग्लै मनोविज्ञान

प्रधानमन्त्री देउवामा पनि अहिले संयुक्त सरकारको नेतृत्व गरेर बाँकी १५ महिना बिताउनुभन्दा आफू लोकप्रिय भएकै बेलामा मध्यावधि निर्वाचनमा गएर पाँच वर्षसम्म सरकार चलाउनु उचित हुने धारणा छ।

‘अहिलेको सरकार जति धेरै समयसम्म टिक्क त्यति धेरै प्रधानमन्त्रीको रुपमा म अलोकप्रिय हुने हो,’ प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग भन्ने गरेका छन्, ‘कोभिडको महामारीको बेलामा सरकारले जनतालाई राहत हुने किसिमको कार्यक्रम ल्याउन सक्ने अवस्था छैन। अर्थतन्त्रको अवस्था पनि राम्रो छैन। यस्तो बेलामा म अलोकप्रिय बन्ने र प्रतिपक्ष दलका नेता लोकप्रिय बन्ने अवस्थामा भयो भने चुनावपछि हामी फेरि प्रतिपक्षमा बस्नुपर्ने हुनसक्छ। त्यसैले चाँडो चुनावमा जानु मेरो बाध्यता हो।’

देउवाले अर्ली इलेक्सन चाहेको थाहा पाएपछि माओवादी अध्यक्ष प्रचण्ड यतिबेला जसरी पनि संसदको बाँकी कार्यकाल पूरा गर्नुपर्ने भन्दै लविङमा लागेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार जुनसुकै बेला अल्पमतमा पर्ने खतरा छ। अहिले एमाले प्रमुख प्रतिपक्षी हो तर माधव नेपाल समूहका एमालेकै सांसदहरुका कारण सरकार टिकिरहेको छ।

भारत नेपालमा तीन वटा ‘स’ तत्काल चाहँदैन। संविधान, संसद र साझा दह्रो सरकार भारतले नरुचाएका विषय हुन्। भारत जसरी पनि यो संसद विघटन होस भन्ने चाहन्छ। त्यसका लागि उसले प्रधानमन्त्री देउवालाई चुनावमा जान सुझाव दिइरहेको छ त्यसका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको कांग्रेसको एक उच्च स्रोतको दावी छ।

केही दिनअघि मात्रै माओवादी अध्यक्ष प्रचण्ड स्वयंले माधव नेपालले सरकारलाई समर्थन नगर्ने हो भने कांग्रेस र माओवादी गरी १११ जना सांसद र जसपाका २० जना सांसद गरी १३१ जना सांसद मात्र सरकारको समर्थनमा रहेको विश्लेषण गरेका थिए। एमालेभित्र एकताको गृहकार्य भइरहेकोले एकता भएमा देउवा सरकार त्यतिबेलै अल्पमतमा पर्ने प्रचण्डको बुझाइ छ।

प्रधानमन्त्री देउवाका लागि अल्पमतमा पर्ने जोखिम त छँदैछ त्यसबाहेक बाँकी कार्यकाल सरकार चलाइहाले पनि चुनाबमा जाँदासम्म जनतामाझ अलोकप्रिय हुन सक्ने आशंका पनि छ। प्रधानमन्त्री भएपछि उनले आफ्नो मुख्य प्राथमिकतामा सबै जनतालाई खोप दिने कामलाई राखेका छन्।

तर, उनको यो मुख्य योजनामाथि नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न उठाएका थिए। ‘तपाइँले अहिले निःशुल्क खोप दिन लागेको हो र ? यो त पूर्ववर्ती सरकारले गरिरहेकै थियो,’ ओलीले भनेका थिए, ‘पूर्ववर्ती सरकारको निःशुल्क खोप दिने कामलाई निरन्तरता दिन्छौं भनेर किन भन्न नसकेको ?’

खोप दिने कामसमेत अघिल्लो सरकारकै कामको निरन्तरता र अरु थप कुनै त्यस्तो जनताका लागि तत्काल राहत दिने काम गर्न सक्ने अवस्था नभएका कारण देउवा बाँकी कार्यकालमा अझै अलोकप्रिय हुन सक्छन्। यसो हुनुभन्दा बरु लोकप्रियता नगुम्दै निर्वाचनमा जानु उचित हुने देउवाको बुझाइ छ।

त्यसैले उनले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणमा नियुक्ति दिलाए र जनताको नजरमा सकारात्मक काम गर्न सक्छु भन्ने संकेत दिने प्रयास गरे। तर, एकदुई यस्ता कामले मात्र लोकप्रियता कायम राख्न सकिन्न। जनतालाई सेवा सुविधा पुर्‍याउने कुरामा सरकारी संयन्त्र निकै कमजोर छ र भ्रष्ट पनि छ।

बरु अलोकप्रिय नहुँदै निर्वाचनमा जाँदा पार्टीले अहिलेभन्दा धेरै सिट जित्ने र निर्वाचनपछिको सरकारको नेतृत्व गरेर अगाडि बढ्नेतर्फ देउवाले छलफल गर्न थालेका छन्।

देउवालाई कसले उक्साइरहेको छ ?

उनलाई तत्काल संसद भंग गरेर निर्वाचनमा जान उकास्नेहरुले केही तर्कहरु पनि अघि सारेका छन्। जस्तो कि, प्रमुख कम्युनिष्ट शक्ति तीन टुक्रा भएको छ। अदालतले नेकपा विभाजन गरिदिएपछि पुनः अस्तित्वमा आएको माओवादीको तल्लो तहमा संगठन निकै कमजोर छ।

संगठन भएको एमाले पनि विभाजित भएर दुई ध्रुव भएको छ। उता मधेसी पार्टी पनि विभाजित अवस्थामा छन्। सबै प्रतिस्पर्धी विभाजित भएको यो अवस्था कांग्रेसको लागि चुनाब जित्न निकै फलदायी हुने देउवाको ठम्याइ छ। देउवाको यो सोचमा भारत पनि कारक देखिन्छ।

केही दिनअघि मात्रै प्रधानमन्त्री देउवाले छिमेकीको रुपमा भारतको स्थान चीनले लिन नसक्ने अभिव्यक्ति दिएका थिए। उता भारत पनि नेपालमा स्थिर र मजवुत सरकार रहिरहोस् भन्ने चाहँदैन। अहिलेकै अवस्थामा चुनाबमा जाने हो भने नेपालमा नेपाली कांग्रेसले आगामी सत्ताको नेतृत्व गर्न सक्छ भने भारतीय एजेन्सीका मानिसहरुले पनि देउवा चुनाबमा जान हौस्याउन थालेका छन्।

कम्युष्टि विभाजित भएको अवस्थामा कांग्रेसलाई चुनाव जित्न सजिलो हुने प्रधानमन्त्री देउवाको मनोविज्ञान छ। जुन कुराप्रति प्रचण्ड सशंकित छन्। के देउवाले प्रचण्डको विश्वासलाई तोडेर संसद विघटन गराई अघि बढ्ने सल्लाहलाई ग्रहण गर्लान्? एमाले र मधेशी दलको आधिकारिक विभाजनपछिको स्थितिले यो कुरालाई निक्र्यौंल गर्न थप मद्धत पुर्‍याउने छ।

वर्तमान सरकारले पूर्णता नपाउनुको कारण देउवा स्वयं रहेका प्रचण्डले केन्द्रीय कमिटी बैठकमा सुनाएका थिए। यसका अर्थ देउवाप्रति प्रचण्ड विश्वस्त हुन सकेका छैनन्। त्यसमा पनि देउवामा चाँडो निर्वाचनमा भएर बहुमतको सरकारको प्रधानमन्त्री बन्ने लोभ पलाएको छ।जसलाई दक्षिणी छिकेकीले साथ दिएको बताइन्छ।

भारत नेपालमा तीन वटा ‘स’ तत्काल चाहँदैन । संविधान, संसद र साझा दह्रो सरकार भारतले नरुचाएका विषय हुन्। भारत जसरी पनि यो संसद विघटन होस भन्ने चाहन्छ। त्यसका लागि उसले प्रधानमन्त्री देउवालाई चुनावमा जान सुझाव दिइरहेको छ त्यसका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको कांग्रेसको एक उच्च स्रोतको दावी छ।

संसद विघटन गराएर राजनीतिक रुपमा यसअघि गर्न खोजेको संसद विघटनको कदम सही थियो भन्ने सन्देश पनि जानेछ। अहिलेको संविधानलाई भारतले रुचाएको छैन भने चुच्चे नक्सा पारित गरेपछि ऊ यो संसद जसरी पनि विघटन गराउने पक्षमा पुगेका हो। अर्को कुरा यतिबेला नेपालका कम्युनिष्ट पार्टी विभाजित अवस्थमा छन्।

एमाले विभाजनको संघारमा छ भने माधव नेपाल समूहलाई प्रचण्डसँग पनि मिल्न नदिने खेल भइरहेको छ। कम्युष्टि विभाजित भएको अवस्थामा कांग्रेसलाई चुनाव जित्न सजिलो हुने प्रधानमन्त्री देउवाको मनोविज्ञान छ। जुन कुराप्रति प्रचण्ड सशंकित छन्। के देउवाले प्रचण्डको विश्वासलाई तोडेर संसद विघटन गराई अघि बढ्ने सल्लाहलाई ग्रहण गर्लान्? एमाले र मधेशी दलको आधिकारिक विभाजनपछिको स्थितिले यो कुरालाई निक्र्यौंल गर्न थप मद्धत पुर्‍याउने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *