भीडभाड गरेको भन्दै माधव नेपालसहितका नेता बसेको चन्द्रागिरि रिसोर्टलाई स्पष्टिकरण सोधियो

डिसी नेपाल
८ भदौ २०७८ १३:११
1.0k
Shares

काठमाडौं। काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा उल्लघंन गरेको भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको बैठक चलिरहेको चन्द्रगिरि हिल्स रिसोर्टलाई स्पष्टिकरण सोधेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा उल्लंघन गरेर भीडभाड गराएको भन्दै रिसोर्टलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। सोमबारदेखि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका नेता र सांसदको आवासीय बैठक चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ।

‘चन्द्रगिरि रिसोर्टमा धेरै भीडभाड भएको गुनासो आएपछि के भएको रहेछ भनेर हामीले सोधेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले डिसी नेपालसँग भने, ‘निषेधाज्ञा उल्लंघन गर्दै मानिसहरु भेला गरेरको गुनासो आएपछि रिसोर्ट प्रशासनसँग त्यसको जानकारी मागिएको हो।’

उनले निषेधाज्ञा विपरितका गतिविधि रोक्न प्रशासनले ध्यान दिने जानकारी गराए। एमाले विभाजन गरेका माधव नेपालले आफू निकट स्थायी कमिटी, केन्द्रीय सदस्य र सांसदहरुको आवासीय भेला सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा राखेका थिए। त्यहाँ एक सय भन्दा धेरै नेता कार्यकर्ता सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.