फिफा विश्वकप २०२६ : बिहीबार समुह ए, बी र सी का खेलहरू हुँदै
काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत दोस्रो चरणका सबै खेल सकिएका छन्।
जुन २४ मा समूह ‘के’ र ‘एल’ का अन्तिम खेलहरू सकिएसँगै अब टोलीहरूको ध्यान निर्णायक तेस्रो तथा अन्तिम समूह चरणका खेलमा केन्द्रित हुनेछ।
समुह ‘बी’ अन्तरगत बिहीबार बोस्निया एन्ड हर्जगोभिना र कतार तथा स्विट्जरल्याण्ड र क्यानडा भिड्दैछन्। निर्णायक खेल र नतिजाले प्रभाव पार्ने भएकाले समूह ‘बी’ का खेल नेपाली समय अनुसार खेल बिहीबार बिहान १२ः४५ बजे सुरु हुनेछ। हरेक समूहको खेल एकै समयमा हुँदैछन्।
यसैगरी समुह ‘सि’ मा बिहीबार नै मोरक्को र हैटी तथा स्कटल्याण्ड र ब्राजिल भिड्दैछन्। यो खेल बिहीबार बिहान ३ः४५ सुरु हुनेछ।
समुह ‘ए’ अन्तरगत पनि खेल हुँदैछन्। बिहीबार बिहान ६ः४५ बजे दक्षिण अफ्रिका र दक्षिण कोरियासँगै चेक गणतन्त्र र मेक्सिको भिड्दैछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment