भायानेटको पर्पल प्याक अफर, इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा

डिसी नेपाल
१० भदौ २०७८ १८:२९

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउने जानकरी भायानेटले दिएको छ । यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन् ।

त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक रु. १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *