एम्बुलेन्स हस्तान्तरण

डिसी नेपाल
१३ भदौ २०७८ १७:५३

दाङ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले बिरामी घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए ।

एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ । बाँकी चार वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिए । उनका अनुसार ४, ११, १५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एम्बुलेन्स हस्तान्तरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *