सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क बोलेन
काठमाडौं । युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको बताएका छन् ।
ओलीले भारतसँग चुइक्क नबोलेको भन्दै भने, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’ आफ्नो नेतृत्को सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाएको भनेर बिरोध गरे पनि अहिले बोल्न नसकेको ओलीले तर्क गरे । तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको ओलीको भनाई छ । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, ‘यो सरकारले थाहा दिन सक्दैन ।’
ओलीले दुई महिना पुग्नलाग्दा पनि सरकार बिस्तारले पूर्णता नपाएको भन्दै ओलीले सरकारले कुनै पनि काम नगरेको आरोप लगाए । उनले सरकार जनता केन्द्रीन हुन नसकेको र सुखी नेपाली, समृद्ध नेपालको नारालाई अहिलेको सरकारले अंगिकार नगरेको बताए ।







डिसी नेपाल








Facebook Comment