सुनसान सिंहदरबार, अलमलमा कर्मचारी

सम्भव सिंह ठकुरी
२२ भदौ २०७८ ११:४८

काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको झण्डै दुई महिना पूरा हुन लागेको छ। दुई महिनासम्म पनि देउवाले मन्त्रिपरिषदलाई पूर्णता लिन नसक्दा चौतर्फी आलोचना सुरु भएको छ। सरकारले पूर्णता नपाउँदा सरकारी काम प्रभावित बनेको छ भने मुलुकको प्रमुख प्रशासनिक केन्द्र सुनसान  बनेको छ।

२५ मन्त्रालय मध्ये अहिले देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद्का भरमा सरकार चलाइरहेका छन्। देउवाले गृह, अर्थ, कानुन र उर्जाबाहेकका सबै मन्त्रालयमा आफैले नेतृत्व गरिरहेका छन्। स्वास्थ्यमा भने राज्यमन्त्री मात्रै छन्। यसरी मन्त्री नभएपछि अधिकांश मन्त्रालयमा चहलपहल छैन।

योसँगै काम लिएर सिंहदरबार पुग्ने सर्वसाधारण र विभिन्न पार्टीका नेताकार्यकर्ता तथा विदेशी प्रतिनिधिको सिंहदरबारमा उनीहरुको उपस्थिति पातलिएको छ।

मन्त्रालयका नेतृत्वकर्ता नै उपलब्ध नभएपछि कैयौं दैनिक कामकाज मात्रै होइन कतिपय महत्वपूर्ण काम समेत रोकिने अवस्था आएको कर्मचारीहरुले बताएका छन्।

मन्त्रीविहीन भएपछि सिंहदरबारको चाप पनि घटेको छ। कर्मचारीहरु आउने हाजिर गर्ने घर फर्किने काम भएको छ। मन्त्रीको अनुपस्थितिमा काममा बाधा नपुगोस् भनेर आपसी समन्वय समेत गरिरहेको बताइएपनि कैयौं महत्वपूर्ण काम अवरुद्ध भएको मन्त्रालयका एक अधिकारी बताउँछन्।

यसरी मन्त्रालयमा मन्त्री नभएपनि कतिपय नीतिगत निर्णय लिन समस्या भएको मन्त्रालयका कर्मचारी बताउछन्। कोभिडको कारण दुई वर्ष देखि शैक्षिक क्षेत्र अन्यौलमा परेको छ।

दसैं तिहारजस्ता चाडपर्व नजिकिँदै गरेको अवस्थामा समेत उद्योग, वाणिज्य, आपूर्ति, भौतिकलगायत सबै मन्त्रालय मन्त्रीविहीन छन्। महामारीकै बीच सत्तारोहण गरेका देउवाले जनतालाई आशा जगाउने संकेत समेत देखाउन सकेका छैनन्।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले जयसिंह धामीलाई न्यायको माग गर्दै गरेको प्रदर्शनले छिकेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आँचमा असर परेको भन्दै गृहमन्त्रालयले विज्ञप्ति निकाल्नुले सरकारकोेकार्यशैली हेर्दा देउवा सरकारकोपनि राम्रो संकेत नदेखिएको भन्दै सर्वसाधारण गुनासो गर्न थालेका छन्।

सरकारले पूर्णता नपाउँदै सत्ता गठबन्धन दलहरुबीच मतभेद देखिन थालेको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरुबीच मतभेद हुँदा त्यसको असर मन्त्रिपरिषद पूर्णतामा परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *