सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

डिसी नेपाल
२२ भदौ २०७८ १४:२३
68
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ। ०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल (एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व थियो। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या तीनमात्रै थियो।

सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै फेरि चार दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा एमाले र जसपा फुटेपछि दलको संख्या ६ पुगेको हो। हाल प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व रहेको छ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका ११ तथा जसपा र लोसपाका एक÷एकजना प्रदेशसभा सदस्य छन् । एमालेबाट निर्वाचित अर्जुनबहादुर सिंह सभामुख छन् भने माओवादीबाट एमाले प्रवेश गरेका पूर्वअर्थमन्त्री झपड बोहरा कारबाहीमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.