काठमाडाैंकाे सिडिओ सरूवा : ओलीको मान्छे फालियो, देउवाको मान्छे तानियो

डिसी नेपाल
२२ भदौ २०७८ १४:४२
1.5k
Shares

काठमाडाैं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो।

प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो । पराजुली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो।

त्यस्तै रिजाल सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन्। रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना भन्दा बढी समय सिडिओ भएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *