एमसीसी सम्झौता राष्ट्रघाती, बलजफ्ती अनुमोदन गरे आँधीबेहरी ल्याउने चेतावनी

डिसी नेपाल
२२ भदौ २०७८ १७:०५
28
Shares

काठमाडौं । मुलुकका ६ वटा किसान संगठनले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् ।

मंगलबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज किसान रानाले संयुक्त विज्ञप्ति जारी गरेका छन्। उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरेका हुन् ।

‘नेपालको सार्वभौमसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको यो सम्झौता अबिलम्ब खारेज गर्नका लागि हामी नेपाल सरकार तथा मुलुकका मुख्य राजनीतिक दलहरू समक्ष जोडदार माग गर्दछौँ । त्यसरी नै एमसीसी सम्झौता संसदमा टेबल नगर्न संघीय संसदका सभामुख समक्ष अनुरोध गर्न चाहन्छौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *