अक्षय कुमारका ती ४० दिन निकै दर्दनाक थिए
एजेन्सी। सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका अनुसार ‘२.०’ को शुटिङका क्रममा ३८–४० दिन उनकालागि किन दर्दनाक थिए। त्यसको कारण थियो भिलेनको भूमिकामा अभ्यस्त हुन उनले गर्ने मेकअप। अक्षयका अनुसार मेकअप गर्न दैनिक तीन घण्टासम्म बस्नुपथ्र्यो। मेकअप उतार्न साँढे दुई घण्टा लाग्थ्यो।
अक्षयले आफ्नो शुटिङको अनुभव एक अन्तर्वाताका क्रममा सुनाएका हुन्। ३८–४० दिनसम्म उनलाई खाना खानेसम्मको समय थिएन। शुटिङका क्रममा उनको पसिनाको बाढी नै आउँथ्यो।
अक्षय कुमारले एक अन्तर्वातामा भनेका छन्–जब मैले पहिलो पटक आफ्नो अनुहार हेरेँ, तब मैले सेल्फी खिचेँ। मेरो परिवार (श्रीमती र छोरा)पनि सँगै थियो। त्यही भएर मैले उनीहरुसँग सेल्फी थिएँ।’ निर्देशक एस. शंकरको यो फिल्म २९ नोभेम्बरमा रिलीज हुँदैछ।
फिल्ममा अक्षय कुमार बाहेक रजनीकान्त र एमी ज्याक्सन मुख्य भूमिकामा छन्। यो फिल्म २०१० मा रिलीज भएको एंथिरण (रोबोट) को सिक्वल हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment