संघीय संसद् अधिवेशन आजबाट सुरु हुँदै

डिसी नेपाल
२३ भदौ २०७८ ६:२१
68
Shares

काठमाडौं। संघीय संसद्का दुवै अधिवेशन आजबाट सुरु हुँदैछन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधबारका लागि आह्वान गरेकी थिइन्।

आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रस्तुत गर्नका लागि ३२ बुँदे कार्यसूची तय भएको छ। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत पेश गर्ने कार्यसूची रहेको छ।

सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ। ३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेशलगायत कैयौं अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले भारतलाई पठाइएको कूटनीतिक नोटका विषयमा पनि संसद्लाई जानकारी गराउने तयारी रहेको छ। यता, नेकपा एमालेले भने अधिवेशनको पहिलो बैठकलाई नै विरोध जनाउने तयारी गरेको छ ।

एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कार्यशैलीलाई लिएर विभिन्न टिप्पणी गर्दै आएका छन्। पार्टीले सिफारिस गरेका १४ जना सांसदहरूको कारबाही रोकेको लगायतका विषयमा एमाले सभामुखसँग रुष्ट हुँदै आएको छ । सोही विषयमा एमालेले विरोध जनाउने तयारी गरेको हो। संसद् अधिवेशन आज अपरान्ह ४ बजे सुरु हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.