सोलुखुम्बुमा २१ वर्षीया पूजा सबैभन्दा धेरै मतका साथ कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएकी छिन् ।
वडा अधिवेशसनमा खसेको दुई सय ६३ मतमध्ये पूजाले सबैभन्दा धेरै अर्थात् दुई सय दुई मत प्राप्त गरेर निर्वाचित भएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा भएको चुनावी प्रक्रियाबाट सबैभन्दा धेरै मत ल्याएर प्रतिस्पर्धी सबैलाई उछिन्दै २१ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
२ सय ६३ मत खसेकोमा पुजाले सबैभन्दा धेरै अर्थात् २ सय २ मत प्राप्त गरिन भने सोही वडाबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीकी सहोदर बहिनी सरस्वती केसी भण्डारी ८९ मत मात्र प्राप्त गरेर पराजित हुन पुगिन् । उनी सँगै खुल्ला महिलाको ५ सिटका लागि प्रतिस्पर्धामा रहेकी काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले १ सय ४० मत मात्र प्राप्त गरेर क्षेत्रीय प्रतिनिधिमा जितिन ।
९ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ इकाई सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा विसं।२०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भइन । अहिले उनी नेविसंघ सोलुको कोषाध्यक्ष र जिपि कोइराला फाउन्डेसनको जिल्ला सहसचिव छिन् । उनको हजुरबा लिलाराज फुयाँल नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित थिए भने उनका बुबा यादव फुयाँल नेपाल शिक्षक संघको गाउँपालिका अध्यक्ष छन् ।
५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा २ वटा वडामा मात्र चुनावी प्रकृयाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली कांग्रेसको सबै भन्दा बढी क्रियाशिल सदस्य भएको वडा हो ।







डिसी नेपाल








Facebook Comment