एमसीसी उपाध्यक्षकाे भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
२४ भदौ २०७८ ९:२५
224
Shares

काठमाडौं। नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को चर्को विरोध भैरहेका बेला उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन बरुक्स नेपाल आउँदै गर्दा काठमाडौको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सुमारको भ्रमणलाई लक्षित गरेर तीन वटै जिल्ला प्रहरी परिसरलाई सुरक्षा व्यवस्था कडा पार्न निर्दैशन दिएको हो।

‘प्रहरी सधै हाइअलर्टमा हुन्छ अझ विदेशी कुटनीतिक तहबाट नेपाल भ्रमण हुँदा सुरक्षा व्यवस्था समान्यभन्दा माथि हुनु स्वाभाविक हो’, महानगरीय प्रहरी कार्यालयका डिआइजी उत्तम सुवेदीले भने। नेपालको चारदिने भ्रमणका लागि फतेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट नेपाल आउँदैछ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनीहरु नेपाल आउन लागेका हुन्। सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको दोस्रो दिन उनी नेपाल आउन लागेकी हुन्।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको छ । सरकारले एमसीसी संसदमा लैजाने तयारी गरेको छ। चारदिने नेपाल बसाइँको क्रममा सुमारले एमसीसी कार्यान्वयनबारे विभिन्न पक्षहरुसँग छलफल गर्ने बताइएको छ।

आज दिनभर नै एमसीसीको विरोधमा रहेका संघ संस्था र पार्टीहरुले सुमारका विरुद्ध काठमाडौ उपत्यकामा विरोध प्रर्दशन गरिने कार्यक्रम रहेको छ । सुमारले नेपालमा रहँदा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु तथा अन्य सरकारी निकायका अधिकारीहरुलाई भेटघाट गर्नेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.