कोभिडका कारण रोजगारी गुमाएका परिवारलाई १० हजार अनुदान दिने
काठमाडौँ – सरकारले विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ ।
सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिड–१९ प्रभावबाट रोजगारी र आयआर्जन गुमाएर अनौपचारिक एवं असंगठित क्षेत्रका विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन् ।
उनले यो रकम स्थानीय तहको समन्वयमा उपलब्ध गराइने बताए । उनले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment