कोभिडका कारण रोजगारी गुमाएका परिवारलाई १० हजार अनुदान दिने

डिसी नेपाल
२५ भदौ २०७८ १६:४८

काठमाडौँ – सरकारले विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ ।

सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिड–१९ प्रभावबाट रोजगारी र आयआर्जन गुमाएर अनौपचारिक एवं असंगठित क्षेत्रका विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन् ।

उनले यो रकम स्थानीय तहको समन्वयमा उपलब्ध गराइने बताए । उनले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *