सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने
काठमाडौं । सानिमा ब्यांक र सामसङको वितरक हिम इलेक्ट्रोनिक्सबीच शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीमा जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन खरीद सम्झौता भएको हो ।
ब्यांकको क्रेडिट कार्ड प्रयोग गरी १२ महीना किस्ताबन्दीमा फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सकिने छ । २० भदौबाट बुकिङ शुरू भएको दुवै स्मार्टफोन ६ असोजमा सार्वजनिक हुने सामसङले जनाएको छ । यसका साथै प्रि–बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिने छ ।
सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
Facebook Comment