ज्योति लाइफले दियो १० लाख ५० हजार
काठमाण्डौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका आफ्नो बीमित परिवारलाई भुक्तानी दिएको छ ।
कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका–२ निवासी यमबहादुर लिम्बुको छोरालाई भुक्तानी रकम आज हस्तान्तरण गरेको हो ।
मृतकका छोरा सेन्छेहाङ लिम्बुलाई रु.१० लाखको चेक म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका हुन् । ज्योति लाइफको सुरक्षित बचत जीवन बीमा योजना अन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बुको गत साउन २ गते सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । लिम्बुले रु.५ लाखको बीमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए ।
प्रतिक्रिया
Facebook Comment