म्युजिक भिडियोमा पूर्ण नग्न भएर अभिनय गरेकी सारा खानले शेयर गरिन् यस्तो भिडियो
मुम्बइ। विभिन्न भारतीय टेलिभिजन सिरियलमा काम गरेकी अभिनेत्री सारा खानले केही समयअघि एउटा म्युजिक भिडियोमा पूर्ण नग्न भएर अभिनय गरेकी थिइन् । यो भिडियोको विरोध भएपछि उनले झनै अगाडि बढ्दै उल्टै सल्लाह दिनेहरुलाई गाली गरेकी थिइन् । अहिले भने उनले त्यो भिडियोको लागि माफी मागेकी छिन् । आफ्नो म्युजिक भिडियो लञ्च गर्ने बेला विवादित बयान दिएकी साराले अहिले सामाजिक संजालमार्फत माफी मागेकी हुन् ।
उनले एक भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले भनेकी छिन् ‘मेरो बोल्ने तरिका गलत थियो, शब्द गलत थिए तर मेरो उद्देश्य कुनै भावनालाई ठेस पुर्याउनु थिएन ।’ साराले ब्ल्याकहर्टको पोस्टरमा नग्न पोज दिएकी थिइन् । जसका कारण उनको सामाजिक संजालमा तीव्र विरोध भएको थियो । भिडियोमा हेर्नुहोस् साराले विवादित बयानमा के भनेकी थिइन् र अहिले माफी माग्दै के भनिन् –
No ads found for this position


डिसी नेपाल
Facebook Comment