आउने निर्वाचनमा ठूलाे पार्टी बन्छाैं : प्रचण्ड

डिसी नेपाल
३० भदौ २०७८ १३:०७
320
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन्। पोष्टबहादुर बोगटीको ७औँ स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले मित्रहरुको खोजिमा रहेको जानकारी दिए।

उनले संविधान राष्ट्रियता र गणतन्त्रको पक्षमा मोर्चाबन्दी गरेको बताउँदै प्रचण्डले भने, ‘यसलाई बचाउनुछ गठबन्धनको बलबाट हामी दुई तिहाइको सरकार बनाउनबाट वञ्चित भएका छैनौं । त्यसैका लागि मोर्चाबन्दी गरेका हौं, नेपाली जनताले कुरा बुझेको छ। खाली हामी आफूले आफैंलाई बदल्नुछ।’ अरुलाई होइन आफैंलाई गाली गरेर आफैंबाट सच्चियौँ अब हामी ठूलो पार्टी हुन्छौ उनले भने।

‘ पछिल्ला ५/७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ,’ उनले भने ‘यो जनतामाझ स्थापित भइसकेको छ। जनयुद्धमै सिद्धिन्छ भनेको पार्टी यहाँसम्म आएको छ।’

शान्ति प्रक्रियामा आएपछिको पहिलो निर्वाचनमा नै आफूहरुले बहुमत ल्याएको सम्झदै उनले भने, ‘ ‘१५ वर्ष पटकपटक सत्तामा गए पनि देशको राम्ररी देशको नेतृत्व गर्न नपाई(नपाई बित्यो। १०० जना जति त मन्त्री नै भइसके । अब गाउँगाउँसम्म संगठन विस्तार, अभियानहरू लिएर जानुपर्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.