आजको राशिफल: कुन राशिलाई फाइदा, कसलाई घाटा?

डिसी नेपाल
१० साउन २०८३ ६:२२

मेष दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने छ।

वृष दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। व्यापारमा गरेको लगानी सुस्त हुनेछ। कुरा काट्ने साथी सक्रिय छन्। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मिथुन निकै राम्रो दिन छ। बोलीका कारणले काम बन्नेछन्। राजनीतिक क्षेत्रमा षड्यन्त्रमा पर्ने जोखिम छ। परिवारको साथमा भने रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। राजनीतिमा पहुँच विस्तार हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। संकटमा अभिभावकको सुझाव लिनु उपयुक्त हुन्छ।

सिंह शुभ दिन रहेको छ। मन प्रसन्न रहने छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट हौसला मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले साथ दिँदै गर्दा विश्वास पात्रसँग सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा संकट आइपर्ने छ।

तुला दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। काममा व्यस्त हुँदा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा र व्यापारको क्षेत्रमा भने नाफा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिक धेरै राम्रो दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

धनु आज प्रियजनसँगको भेटले मन प्रसन्न हुनेछ। रमाइलो भेटघाट तय हुनेछ। पारिवारिक मेलमिलापको योग रहेको छ। व्यापारमा नाफा हुनेछ।

मकर दिन सामान्य छ। विवाद बढ्नेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु उचित हुन्छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। व्यापारमा प्रगति हुनेछ। मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन आज सोचेका काम बन्ने दिन छ। सामाजिक र शिक्षाको क्षेत्रमा सुधारका संकेत देखिने छन्। खर्च बढ्ने छ। परिवारमा भने खटपटी हुने देखिन्छ। व्यापारमा नाफा आर्जन गर्ने दिन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *