हिमालयन बैंकद्वारा प्रहरी परिसर नयाँ वानेश्वरलाई दुई थान कम्प्यूटर प्रदान

डिसी नेपाल
१ असोज २०७८ १४:३६

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाण्डौ स्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ।

प्रेश विज्ञप्ति जारी गर्दै बैंकले भनेको छ, ‘ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिनकुने, नयाँ बानेश्वर, महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो।’

हिमालयन बैंकका मुख्य प्रवन्ध्क मीर आचार्यले प्रहरी उपरीक्षक मिमबहादुर लामालाई कम्प्यूटर हस्तान्तरण गरेका हुन्। बैंकका कार्मचारी र वृत्तका अन्य कर्मचारीको उपस्थितिमा कम्प्यूटर हस्तान्तरण गरेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *