अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सहयोगीले नै ठगेपछि
काठमाडौं। अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले गर गहनालगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।
राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो।
अस्ट्रेलियाको प्रहरीले समेत अस्ट्रेलिया बाहिर वाङ्छुले गरेका ठगी सम्बन्धी अनुसन्धान तथा कारवाही अगाडि बढाउनका लागि इन्टरपोलमार्फत जानकारी पठाइ दिन नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।
वाङ्छु शेर्पाले नेपालमै पनि धेरै नेपालीलाई विभिन्न वहानामा ठगी गरेर फरार रहेकाले पीडितले शेर्पा विरुद्ध प्रहरीमा गरेको उजुरी सम्बन्धी विस्तृत जानकारी दिनकालागि दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment