आज असाेज १० गते आइतबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१० असोज २०७८ ६:१६
800
Shares

आज वि.स. २०७८ साल असाेज १० गते आइतबार । सन् २०२१ सेप्टेम्बर २६ तारिख। नेपाल संम्बत् ११४१ । दक्षिणयान । आश्विन कृष्ण पक्ष । षष्ठी तिथी । चन्द्रमा मेष राशीमा । सौर्यदय विहान ५ः५२ । सूर्यास्त बेलुकी ६ बजे । सोह्रश्राद्ध छैठाैँ दिन।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काममा व्यर्थ परिश्रम हुनेछ। धनको कारोबार घट्नेछ। स्वास्थ्यमा खर्च हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्मकर्ममा संलग्नता हुनेछ। शंकाले बाधा ल्याउनेछ। कृषि काममा फाइदा हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिक लाभ मिल्नेछ। उच्च व्यक्तिको साथ पाइनेछ। रोजगारीमा लाभ हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा सामान्य आम्दामी हुनेछ। इच्छाएको काम पुरा हुनेछ। नाताको सहयोगले काम बन्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आलोचनाको भय हुनेछ। सरकारीपक्षबाट झमेला हुनेछ। क्षमतामा प्रश्न उठ्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक काममा व्यस्तता हुनेछ। भाग्यले साथ दिनेछ। काममा प्रशंमा मिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  धनको फाइदा अरुलाइ जानेछ। प्रतिष्पर्धा बढी हुनेछ। मित्रतामा वाधा आउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरीमा दौडधुप बढी हुनेछ। प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले फाइदा मिल्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  परिवारमा विवाद हुनेछ। मित्रबाट धोका मिल्नेछ। कृषि काम अधुरो रहनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तबाट धनको सहयोग बढ्नेछ। अधुरा काम पुरा हुनेछ। स्वास्थ्यमा वाधा आउनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिमा जिम्मेवारी थपिनेछ। उत्साहले काम बन्नेछ। पारिवारिक छोटो यात्रा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *