तातोपानी र केरुङमा रोकिएका कन्टेनर पठाउन चीन सहमत

डिसी नेपाल
१२ असोज २०७८ ७:२२
120
Shares

काठमाडौं। सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कन्टेनर पठाउन चीन सहमत भइसकेकाले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङबाट छिट्टै कन्टेनर नेपाल भित्रिने जनाएको हो।

दशैंका लागि नेपाली व्यवसायीले मगाएका सामग्री बोकेका कन्टेनर नाकामै रोकिँदा चाडपर्वका बेला नेपाली बजार स्टकमा चलिरहेको छ। मन्त्रालयका सचिव दिनेश भट्टराईले नाकामा रोकिएका कन्टेनररट्यांकर नेपाल ल्याउन कुटनीतिक तवरबाट पहल गरिरहेको बताए । ‘चिनियाँ कोभिड प्रोटोकल मान्नैपर्छ। प्रोटोकल मेन्टेन गर्न समस्या भएको छ,’ उनले भने।

सचिव भट्टराईले प्रोटोकल मेन्टेन गरेर नेपाली कन्टेनरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउन चीन सहमत भएको बताउँदै छिट्टै आवश्यक सामग्री नेपाल भित्रिने उल्लेख गरे।

‘तर के सहमति भएको छ भने तातोपानी र केरूङबाट आउने ट्याकरको संख्या व‌द्धि भएको छ। चीनले नेपाली ट्यांकरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउने खबर आएको छ । एक दुई दिनमै नाकामा सहज अवस्था हुन्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.