कुमारी बैंकको लाभांश घोषणा
काठमाडौं। कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार चार सय ९० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । उक्त घोषणा भएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।
हालकाे चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँबाट लाभांश वितरणपश्चात् बैंकको १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार तीन सय २६ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।







डिसी नेपाल








Facebook Comment