भारतीय उच्चअधिकारी श्रीवास्तव काठमाडौँमा

डिसी नेपाल
१२ असोज २०७८ २३:१२
44
Shares

काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव आज काठमाडौंमा आइपुगेका छन् ।

तीन सदस्यीय टोलीको नेतृत्व गर्दै उनी ४ दिनको लागि नेपाल आएका हुन् । भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका उनले नेपाल र भुटान मामिला हेर्छन् । नेपाल भ्रमणको निम्ति आएको बताइए पनि अनुरागको भ्रमणको विस्तृत विवरण र टोली सदस्यबारे केही पनि खुलाइएको छैन ।

त्यसैगरी चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शनीका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्।

नेपालले नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतले अवरोध गरेको पृष्ठभूमिमा उनको भ्रमण भएको हो । देउवा सत्तामा आएपछि भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र बीजेपीका पूर्व महासचिव काठमाडौं आइपुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.