उपत्यकासहित मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना

डिसी नेपाल
१४ असोज २०७८ ६:४९
76
Shares

काठमाडौं। आज बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका स्थान तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार भारतको झारखण्ड र आसपास बनेको न्यून चाचीय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.