बडादशैंका नौ शुभसाइतबारे ७७ वटै सीडीओ कार्यालयलाई गृह मन्त्रालयको सर्कुलर

डिसी नेपाल
१४ असोज २०७८ १४:२६
256
Shares

काठमाडौं। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादशैंको शुभसाइतबारे जानकारी गराएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादशैंको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो । गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ।
२१ असोज, बिहीबार – नवरात्रारम्भ/घटनास्थापना, बिहान ११:४६ बजे।

२२ असोज, शुक्रबार – झन्डा फेर्ने, बिहान ११:५६ बजे । (पश्चिम मोहडा)

२५ असोज, सोमबार – श्री पचलीभैरव यात्रा ।

२६ असोज, मंगलबार – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे । स्थिरासन बिहान ८:४४ बजे ।

२७ असोज, बुधबार – महाअष्टमी, कालरात्रि ।

२८ असोज, बिहीबार – महानवमी ।

२९ असोज, शुक्रबार – विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे । टीका – बिहान १०:२ बजे (पूर्व मोहडा) । श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे । स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा ।

२ कात्तिक, मंगलबार – अखिलबलिपूर्ति ।

२ कात्तिक, मंगलबार – कोजाग्रत व्रत ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *