बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफर, अनलाइनबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाइने

डिसी नेपाल
१५ असोज २०७८ १०:४५
380
Shares

काठमाडौं। बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफर ल्याएको छ। अफरअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरूले स्मार्ट कोडको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन्।

नेपालीको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट काेडले यही १४ असोजबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ।

बैंकको कार्डबाहक ग्राहकहरूले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन्।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन्। बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.