एक सातामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ
काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार सात सय रुपैयाँ कायम भएकोमा शुक्रबार नाै सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको हो।
एक साता भरीको महासंघको तथ्यांक हेर्दा अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले सुनको मूल्य उकालो लागेको छ। साताको पहिलो दिन छापावाल सुन ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७६ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ४३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार १४० रुपैयाँ कायम भएको छ। बिहीबार एक हजार १२० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्रामको ९९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।







डिसी नेपाल







Facebook Comment