मनसुन अझै बाहिरिएन, आज राति प्रदेश १ र २ मा भारी वर्षा हुने

डिसी नेपाल
१६ असोज २०७८ ६:३९
304
Shares

काठमाडौं । यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै छ। मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन्।

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनीका थोरै स्थानमा वर्षा भएको छ।

दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र २ का धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आइतबार प्रदेश १ तथा २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ भने प्रदेश २ का एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *