दुबै खुट्टा गुमाएर शारीरिक अपाङ्गता भएका नबिवले गरे मनास्लुको सफल आरोहण
काठमाडौं । सन् २०१५ मा रुसको ओमस्कमा ब्यारेक भत्किएर बाँचेका रुस्थम नबिवले नेपालको मनास्लु हिमालको सफल आरोहण गरेका छन्।
घटनामा बाँच्न सफल भए पनि उनले दुईवटै खुट्टा गुमाए। खुट्टा गुमाए पनि हिम्मत नगुमाएका नबिवले शनिबार बिहान १०ः३० मा मनास्लु हिमालको सफल आरोहण गरेका हुन्।
यसअघि पनि १५ घण्टा हातले हिडेर यूरोपको सबै भन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस आरोहण गरेका छन्। माउन्ट एल्ब्रसको उचार्इँ ५ हजार ६ सय ४२ मिटर अग्लो रहेको छ।
अहिले उनले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरेका हुन्। उनी सेप्टेम्बर २७ मा मनास्लु हिमाल चड्ने कार्यतालिका बनाएर बेसक्याम्प पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment