भारतले नाकाबन्दी लगाएपछि नेपालले चीनसँग हिमचिम बढायो : पूर्वभारतीय राजदूत राय

डिसी नेपाल
१७ असोज २०७८ ८:२५
724
Shares

नयाँ दिल्ली। नेपालले ६ वर्षअघि नयाँ संविधान जारी गरेपछि नेपाल र चीनबीचको हिमचिम निकै बढेको नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले बताएका छन् । उनले हालै प्रकाशित गरेको पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइ’ मा यस्तो बिचार राखेका हुन्।

सन् २०७२ को असोजमा नेपालको सविधान सभाबाट नयाँ संविधान अनुमोदन भएपछि भारतले कडा नाकाबन्दी लगाएको थियो। नाकाबन्दीका कारण नेपालमा ग्याँस, पेट्रोललगायतका खाद्यन्नको अभाव देखिएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पहुँच बढाएको पुस्तकमा उल्लेख छ।

नेपालको संविधान जारी हुनभन्दा केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर काठमाडौं आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरले नेपाली नेतालाई दिएको सुझावबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । जयशंकरले सन् २०१५ को सेप्टेम्बर १८ र १९ मा नेपालको नेपाल भ्रमण गरेका थिए। अहिले उनी भारतका विदेश मन्त्री हुन्।

जयशंकरले नेपाली नेताहरूले भनेजस्तो यहाँको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको पूर्व राजदूत रायले उल्लेख गरेका छन्। संविधान जारी गर्ने बेलामा जयशंकरले नेपालमा असन्तुष्ट पक्षलाई सम्बोधन गरेर सविधान जारी गर्न दबाब दिएका थिए । संविधान जारी हुने बेलामा तराइ–मधेशमा आन्दोलन चर्किएको थियो।

नेपाली राजनीतिक दलका शीर्ष नेताहरूले मोदीका विशेष दूतले दिएको सुझाव अस्वीकार गरेपछि भारतले नेपालमा नाकाबन्दी लगाएको थियो।

पुस्तकमा संविधान जारी हुँदाको समयमा नयाँ दिल्लीले राखेका धारणा, नेपाललाई चीनको सहयोग, तत्कालिन राजा महेन्द्रको पालामा नेपाल–भारत सम्बन्धमा देखिएको दरार, सन् १९५० को नेपाल–भारत सन्धीलगायतका विषयमा चर्चा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.