३० घण्टा हिरासतमा राखेपछि प्रियंका गान्धीलाई गिरफ्तार गरियो, अब अदालतमा पेश गरिँदै

डिसी नेपाल
१९ असोज २०७८ १६:२८
2.7k
Shares

काठमाडौं। भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई पुलिसले गिरफ्तार गरेको छ । गान्धीलाई ३० घण्टासम्म हिरासतमा राखेपछि पुलिसले गिरफ्तार गरेको हो । लखिमपुर खिरी हिंसामा मारिएका किसानको परिवारलाई भेट्न गएकी प्रियंकालाई उत्तर प्रदेश पुलिसले गिरफ्तार गरेको हो । उनलाई सीतापुरको पीएसी गेस्ट हाउसमा ३० घण्टा हिरासतमा राखेपछि गिरफ्तार गरिएको हो ।

उनीविरुद्ध धारा १४४ को उल्लंघन र शान्ति भंग गर्ने आशंका जस्ता धाराहरु अन्तर्गत केस दर्ता गरिएको छ । प्रियंकाको गिरफ्तारीबाट रुष्ट कांग्रेस कार्यकर्ता पीएसी गेस्ट हाउसबाहिर नाराबाजी गरिरहेका छन् । उनीहरुले गेस्ट हाउस बाहिर बेरिकेड्स भत्काएका छन् र नाराबाजी गरेका छन् । कांग्रेस कार्यकर्ता र पुलिसबीच झडप भएको छ । कार्यकर्ता खाना बनाउने सामान र पाल बोकेर आएका थिए जसलाई पुलिसले रोकेको थियो ।

कांग्रेस नेता पी चिदंबरमले युपी पुलिसको कारवाही गैरकानुनी र लज्जास्पद भएको बताएका छन् । चिदम्बरमले प्रियंकालाई बिहान साढे ४ बजे घाम उदाउनुभन्दा पहिल्यै पुरुष पुलिसकर्मीले हिरासतमा लिएको दावी गरेका छन् । प्रियंका गान्धीलाई भेट्न सीतापुर गइरहेका छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेललाई पुलिसले लखनउ विमानस्थलमै रोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *