६ वर्षअघि विकसित गरिएको मलेरिया खोप अफ्रिकामा लगाउन अनुमति
फाइल फाेटाे।
काठमाडाैं । अफ्रिकी बालबालिकालाई मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ। आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो।
विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ए गेब्रेयसले बताए।
घाना, केन्या र मलावीमा सफल परीक्षणपछि सहारा अफ्रिका र अन्य क्षेत्रमा खोप वितरण गरिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
आठ लाख बालबालिकामा गरिएको परीक्षणमा खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले घटाएको देखाएको थियो।
त्यस्तै, खोपले हरेक १० जनामध्ये ४ जनालाई मलेरिया लाग्नबाट बचाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउने देखाएको थियो।
चिकित्सा क्षेत्रकै महत्वपूर्ण उपलब्धि मानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने विश्व अभियानमा महत्वपूर्ण खुड्किलो मानिएको छ।
मलेरियाबाट हरेक वर्ष चार लाख मानिसहरूको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment