बुद्धभूमिको आईपीओ बाँडफाँड, कसले कति पाए?

डिसी नेपाल
२२ असोज २०७८ १३:००
16
Shares

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार नाै सय ५५ जनाले कुल दुई करोड ४४ लाख तीन सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये भाग्यमानी ७४ हजार चार सयजनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

१६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार नाै सय २२ जनामा गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव नाै सय ९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.