दशैंमा बन्द भएका सरकारी कार्यालय आजदेखि खुला

डिसी नेपाल
३१ असोज २०७८ १२:५९
72
Shares

काठमाडौं। दसैंमा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुला भएका छन्। बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय सुचारू भएका हुन्।

दशैं बिदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाडौं फर्कनेहरुको संख्या बढेको छ। दसैंमा सुनसान बनेको काठमाडौं उपत्यका बिदाको अन्त्यसँगै पुनः लयमा फर्किँदै छ।

दसैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी रहने छ । टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *