साेमबार १० मिनेटकाे फरकमा दुई पटक भूकम्पकाे धक्का

डिसी नेपाल
१ कार्तिक २०७८ १६:३३
1.3k
Shares

काठमाडौं । दश मिनेटको फरकमा दुई पटक भूकम्पको धक्का महशुस भएको छ। सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएको भूकम्पको धक्का दुई पटक मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामासमेत महसुस गरिएको केन्द्रले जनाएको छ।

केन्द्रले क्षेतिको कुनै विवरण नआएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.