अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

डिसी नेपाल
२ कार्तिक २०७८ ७:२२
100
Shares

बीबीसी। अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ। पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए। सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए।

उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।

उनी अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका थिए।बीबीसी संवाददाता एलेट्रा निस्मिथ भन्छिन्, “राष्ट्रिय सुरक्षा सल्लाहकार, संयुक्त सैन्य प्रमुख र त्यसपछि विदेशमन्त्री बनेका कोलिन पावेल सबै तीनवटा पदमा पुग्ने पहिले अश्वेत अमेरिकन थिए।”

उनको लोकप्रियताका कारण उनी अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिको दाबेदार बन्ने ठानिएको थियो।तर एउटा गलत गुप्तचरी सूचनाका आधारमा जबरजस्ती इराक युद्धको निर्णय गरेकाले उनको व्यक्तित्त्वमा धब्बा लागेको थियो।

सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन्।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को ज्यानुअरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए। त्यस बेला उनले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूसँग भेटेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *