बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीकाे छापा
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे। उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन्।
आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारवाही गरिरहेको छ। आर्यनलाई पक्राउ गरेर कारवाही गरिरहेको एनसीबीले बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ।
बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको बान्द्रास्थित घरमा एनसीबीको टीमले बिहीबार मध्यान्ह छापा मारेको हो। उनलाई बयानका लागि समेत बोलाइएको छ। तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको बारे बताइएको छैन्। अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी पनि हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment